No Image Headlineखबर फटाफटदेश

उपत्यकामा बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

Thrill Factory
Rungta Group

काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलवार जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ ।

अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button