No Image Headlineखबर फटाफटदेश

मनसुन फेरि सक्रिय हुँदै, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Patanjali Nepal
Sweet Mart Food

काठमाडौ– केही कमजोर बनेको मनसुनी गतिविधि पुनः सक्रिय हुने भएको छ ।

बुधबारदेखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसको प्रभावका कारण बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार तथा शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष मनसुन बुलेटिन जारी गरेर आग्रह गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button