खबर फटाफटप्रदेश

१० लाख नक्कली नोट सहित तीन जना पक्राउ

Thrill Factory
Rungta Group

रौतहट – करीब १० लाख नक्कली नोट सहित रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित कालिमन्दिर नजिकैबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको बर्दीबास बस्ने ३० वर्षीय रन्जित महत्तो र भंगहा नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय दिपेन्द्रकुमार महत्तो रहेको प्रहरीले जानकारी दिएको छ ।

शंकास्पद अवस्थामा रहेका उनीहरुलाई रोकी चेक जाँच गर्दा ९ लाख ९३ हजार नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा नक्कली नोट सहित तीनै जना पक्राउ परेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button