अर्थप्रदेश

पूर्वी नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या शून्य

Thrill Factory
Rungta Group

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्या गत आर्थिक वर्ष २०७७/७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले बताएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या शून्य भएको हो ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए । नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुला गरेको, तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महीना अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।

भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउन अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । ‘धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्न आएका छौं, व्यवस्था मिलाइदिनु पर्‍यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ,’ उनले भने, ‘तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरूलाई प्रवेश निषेध छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।’

अध्यागमन कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७७÷७८ मा भिसा नवीकरणबाट ५० लाख ६४ हजार ४२१ राजस्व संकलन गरेको छ । यो गतवर्षको तुलनामा आधा हो । उनका अनुसार गतवर्ष कार्यालयले पर्यटक भिसाबापत १ करोड १ लाख २३ हजार ७४० राजस्व संकलन गरेको थियो । कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालय प्रमुख कोइरालाले बताए । उनका अनुसार कार्यालयले पर्यटक, नाता, वैवाहिक, एनआरएनलगायत भिसाको नवीकरण गरिरहेको छ ।

कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो । तर लकडाउन शुरू भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button