खबर फटाफटदेशमुख्य खबर

३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं – सोमवार पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ । यसैगरी, सोमवार १ हजार ७८४ जना निको भएसँगै हालसम्म ६ लाख ७१ हजार ८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button