No Image Headlineखबर फटाफटप्रदेश

जसपाले कारवाही गरेका नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Thrill Factory
Rungta Group

काठमाडौं-सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले निष्काशन गरेका तीन सांसदले आफूहरूमाथि पार्टीले गरेको कारबाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको निर्देशनविपरीत जसपाका तीन जना सांसदहरु विजयबहादुर यादव, सन्तोकुमार पाण्डे र कल्पना पाण्डेले कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश इश्वर खतिवडाको इजलाशले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ ८ गते अदालतमा बोलाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button