No Image Headlineखबर फटाफटदेश
एमाले विधान संशोधन : अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी मनोनित

काठमाडौं- नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।



सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।



स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।



उनले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिटी बैठकले निर्णय गरेको बताए ।
संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।