खबर फटाफटप्रदेश

दुई किलो चाँदीका गहनासहित एक पक्राउ

Thrill Factory
Rungta Group

पर्सा-करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साको गन्नाथपुर गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका–२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा जगन्नाथपुर–२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनीमाथि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र चाँदीका गहना फेला परेको हो । सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डीएसपी खनालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button