No Image Headlineखबर फटाफटदेश

२५४८ जना थपिए कोरोना संक्रमित, ५५ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा विगत २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा ९ हजार ३३  ओटा पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ ओटा एन्टिजेन परीक्षण गर्दा ४११ गरी कुल २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यसैगरी सो अवधिमा २ हजार २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हाल मृत्यु हुने दर १ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले बताएको छ। मन्त्रालयले हाल देशभर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button