देशमुख्य खबर

सार्वजनिक भयो गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम

Birgunj Metropolitan Notice

काठमाडौं – गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।

सिंहदरबारमा आइतबार अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

सरकारको साझा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।

सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा खोप दिने उल्लेख छ। यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश छ।

यसैगरी संविधानको सर्वोच्चता कानूनी राज्यको प्रत्याभुति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने लगायतका विषय प्राथमिकतामा राखिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button