देश

सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिँदै, कहिले होला मन्त्रिपरिषद् विस्तार ?

Thrill Factory
Rungta Group

काठमाडौं – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो । साझा कार्यक्रमपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको थियो ।

सत्ता गठबन्धनका दलहरुबीच सरकारमा सहभागिता र मन्त्रालय भागबन्डामा कुरा मिलेको छैन । गठबन्धनका दलभित्र को मन्त्री बन्ने भन्नेमा तीव्र प्रतिस्पर्धा छ । मन्त्रीका आकांक्षी बढी भएपछि सरकारले पूर्णता पाउन सकेको छैन ।

एमालेको माधव समूहलाई समेत सरकारमा सहभागी गराउने भनिए पनि यो पक्ष अझै ढुलमुलमा रहेकाले मन्त्रिपरिषद् विस्तामार विलम्ब भइरहेको छ । प्रधानमन्त्री नियुक्त भएको १ महीना बितिसक्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् ।

शान्ति सुरक्षाको प्रत्याभूती, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत, पुननिर्माण तथा पुनस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध समेटिएको कार्यदलले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button