No Image Headlineदेश

बढ्दै कोरोना संक्रमण, तेस्रो लहरप्रति सतर्कताको खाँचो

Thrill Factory
Rungta Group

काठमाडौं -केही दिनयता कोरोना संक्रमण बढेको छ । राजधानी काठमाडौं र उपत्यका बाहिरका जिल्लाका अस्पतालहरुका उपचारका लागि आउने संक्रमितको चाप बढेको छ ।

यसैबीच सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्य सतर्कता र सावधानीका उपाय अपनाउन आग्रह गरेका छन् । उपचारको पूर्वतयारी र पूर्वाधारमा सचेत रहेन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ। निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।  कोरोना  संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button