खबर फटाफटखेल संसार

एनवाईईएफ वीरगञ्जले आयोजना गर्‍यो युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट

उपाधि राष्ट्र बैक वीरगञ्ज टीमको हातमा

Thrill Factory
Rungta Group

वीरगञ्ज-नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जले शनिबार वीरगञ्जमा बैंकर्सहरूसित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सो मैत्रीपूर्ण प्रतियोगिताको उद्घाटन गरे ।

८ ओभरको सो मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल राष्ट्र बैक वीरगञ्ज टीमले आयोजक एनवाईईएफलाई ६ रनले पराजित गर्दै उपाधि हात पारेको छ । प्रतियोगिताको पहिलो खेल लायन्स क्लव अफ वीरगञ्ज नर्थ र एनवाईईएफबीच भएको थियो ।

पहिलो प्रतिस्पर्धामा एनवाईईएफले लायन्स क्लवलाई पराजित गरेको थियो । दोस्रो खेलमा राष्ट्र बैंक समूहले वीरगञ्ज बैंकर्स टीमलाई हराएको थियो । आयोजक एनवाईईएफ र राष्ट्र बैंक टीमबीच फाइनलमा प्रतिस्पर्धामा भएको थियो ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख सरावगीले मैत्रीपूर्ण क्रिकेटले वीरगञ्जका उद्यमी र बैंकिङ क्षेत्रका नेतृत्वकर्ताबीच व्यावसायिक सम्बन्ध निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्यका लागि खेलकुल आवश्यक भएजस्तै व्यावसायिक स्वास्थ्यका लागि असल व्यवसायिक सम्बन्धको आवश्यकता रहेको मेयर सरावगीले औंल्याए ।

वीरगञ्जमा युवा उद्यमी र बैंकर्सहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र सहकार्यका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए । लायन्स क्लव अफ वीरगञ्ज नर्थका अध्यक्ष सञ्जय अग्रवालले मैत्रीपूर्ण प्रतियोगिता मैत्री सम्बन्ध निर्माणमा महत्वपूर्ण हुने दाबी गरे ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button