No Image Headlineदेश

कक्षा १२ को परीक्षा स्थगित

Thrill Factory
Rungta Group

काठमाडौँ– यो वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ ।

अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि सञ्चालन कार्यतालिका सार्वजनिक भएको थियो । शुक्रबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर पछिल्लो अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो ।

यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।

कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button