खबर फटाफटप्रदेश

मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए खोप

Thrill Factory
Rungta Group

म्याग्दी-गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका ९ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो ।

कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समूहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिए। ६ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र २ हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको उनले बताए ।

मुस्ताङका नागरिकका साथै रोजगार, पेशा व्यवसाय र कामदारका रुपमा आएकाले पनि खोप सुबिधा पाएका छन् । अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सङ्घसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन् ।

विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो । मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button