अर्थखबर फटाफटप्रदेश

बालाजुको नेविको विस्कुट उद्योगमा आगलागी

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको विस्कुट उद्योगमा आगो लागेको हो ।

आगो नियन्त्रणमा हेलिकप्टरसहित ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button