No Image Headlineखबर फटाफटदेशमुख्य खबर
कक्षा १२ को परीक्षासम्बन्धि निर्णय गर्न बोर्ड बैठक बस्दै

काठमाडौँ- कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेपछि आवश्यक निर्णय गर्न आज ११ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो। मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै परीक्षार्थी अन्योलमा परेका छन् ।आगामी परीक्षाको तयारीमा बसेका परीक्षार्थीहरु अब परीक्षा होला या नहोला भन्ने अन्योलमा परिरहँदा राष्ट्रिय परीक्षा बोर्डले यसबारे आज निर्णय दिने भएको छ ।
कक्षा १२ को परीक्षा आउँदो ३१ गते शुरू हुँदैछ । कक्षा १२ को परीक्षामा करिव चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।

