No Image Headlineखबर फटाफटदेशमुख्य खबर
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ– नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ कोरोना संक्रमितको मृत्यु भएको हो ।



मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


