No Image Headlineदेशमुख्य खबर

तयार भयो सरकार सञ्चालन कार्यविधि : कहिले होला विस्तार ?

Thrill Factory
Rungta Group

काठमाडौं- सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार पारेको छ ।

कार्यदलले लामो कसरतपछि कार्यविधिको अन्तिम खाका तयार पारेको हो । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।

न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार भएपछि सरकारले पूर्णता पाउने बताइएको थियो । कार्यविधि टुंगो नलाग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी सो प्रतिवेदन सार्वजनिक गरेपछि अब केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।

सत्ता गठबन्धका दलमा मन्त्रीका आकांक्षी बढी हुनुलाई सरकारले पूर्णता पाउन नसक्नुको कारण मानिएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपालाई मन्त्री पदको टुंगो लगाउन सकस थपिएको छ । एमालेको माधव नेपाल समूह सरकारमा जाने कि नजाने दोधारमा देखिन्छ ।

केही नेता सरकारमा जानुपर्ने पक्षमा छन् भने केही नेताहरुले एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने बताएका छन् । कांग्रेस, मओवादी केन्द्र र जसपा भने माधव पक्षलाई पनि सरकारमा सहभागी गराउने पक्षमा छ । कार्यदलमा समेत एमाले माधव पक्षको सहभागिता छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button