खबर फटाफटप्रदेश

वीरगञ्जमा लागु औषधसहित ४ जना पक्राउ

Thrill Factory
Rungta Group

वीरगञ्ज- पर्सामा प्रहरीले लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

बिहीबार वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कबाट वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले वीरगञ्ज ९ रामटोलका ४५ वर्षीय जितेसप्रसाद श्रीवास्तवलाई ओनेरेक्स १०० एमएल २३१ बोतलसहित पक्राउ गरेको छ ।

वीरगञ्ज रजतजयन्ती चोकबाट मकवानपुर हेटौंडा-४ का २७ वर्षीय विकास देउलालाई ना २३ प २५६५ नम्बरको स्कुटीको डिक्कीमा लुकाएर ल्याएको लागु औषध कोडिन फस्फोट सिरप १०० एमएलको ३३ बोत्तल, नाईट्राभेट ७५ ट्याब्लेट र स्पाकोन भोनप्लस ८ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए

वीरगञ्ज शंकराचार्य गेटबाट काठमाडौं सितापाईलाका ३२ वर्षीय विमल श्रेष्ठ र मकवानपुर हेटौडा-११ का २१ वर्षीय डेनिएल तामाङ पक्राउ परेका छन् ।

उनीहरुलाई ना ४१ प ६८४४ नम्बरको स्कुटीको डिक्कीमा लुकाई ल्याएको नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button