
वीरगञ्ज- पर्सामा अवैध रुपमा भारततर्फ लैजादै गरिएको स्याउ प्रहरीले बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवी स्थित सडक खण्डमा बिहीबार बिहान ५९ कार्टुन स्याउ बरामद भएको हो ।



१०/१५ जनाले टाउँकोमा बोकेर चोरी निकासी गरी भारततर्फ लैजादै गरेकोमा प्रहरीलाई देख्नासाथ स्याउ ओसार्नेहरु भागेको प्रहरीले बताएको छ । बरामद गरिएको स्याउनको अनुमानित मूल्य २८ हजार २५० रहेको खनालले बताए । बरामद स्याउ कारवाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।


