
काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट २ दिन बन्द हुने भएको हो ।
नेप्सेले बिहीबार एक सूचना जारी गर्दै डेटा स्तोरन्नतिको काम गर्न लागिएको हुनाले दुई दिन सिस्टम नचल्ने जानकारी दिएको हो ।


नेप्सेका अनुसार शुक्रबार र शनिबार नेप्सेका कुनै पनि सिस्टम चल्ने छैनन् । नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेकाले यो अवधिमा नेप्सेको सबै प्रणाली बन्द रहने बताइएको छ ।
छिटोभन्दा छिटो मर्मत र स्तरोन्नतिको काम गरिने नेप्सेले जनाएको छ ।