No Image Headlineखबर फटाफटप्रदेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन २७ साउनमा : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने

Thrill Factory
Rungta Group

बुटवल- लुम्बिनीका प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविस्वास प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

साउन २७ गते १ बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेको जनाएको छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button