अर्थखबर फटाफट

विकास बैंकका लगानीकर्ताले कमाउँदा नेप्से परिसूचक १६ अंकले घट्यो

Thrill Factory
Rungta Group

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीवार विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।

यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले बढेको हो । विकास बैंकसँगै यस दिन बैंकिङ्ग समूहको परिसूचक पनि शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ ।

यी दुई बाहेक अन्य समूहको परिसूचक भने यो दिन घटेको छ । यस दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव १६ प्रतिशत घटेको छ ।

त्यस्तै व्यापारिकको १ दशमलव शून्य ९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १४ प्रतिशत, वित्तको शून्य दशमलव ८४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३४ प्रतिशत, अन्यको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५९ प्रतिशत परिसूचक घटेको छ ।

यसैगरी जीवन बीमाको शून्य दशमलव २९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत र लगानी समूहको १ दशमलव ४३ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन अधिकांश समूहगत परिसूचकहरु घट्दा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि १६ अंक अर्थात शून्य दशमलव ५१ प्रतिशत घटेको छ । यस दिन नेप्से परिसूचक ३ हजार १०७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । ३ हजार १३० दशमलव ५४ विन्दुदेखि खुलेको बिहीवारको बजार ३ हजार १३६ दशमलव ८० विन्दुसम्म पुगेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button