No Image Headlineअर्थप्रदेश

व्यावसायिक उत्पादनको तयारीमा माथिल्लो तामाकोशी

Thrill Factory
Rungta Group

दोलखा – राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिहीवारदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ ।

परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाले साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न लागेको हो । ‘परीक्षण उत्पादन सफल भएकाले पहिलो युनिटबाट बिहीवारदेखि व्यावसायिक उत्पादन गर्न शुरू गर्न लागेका हौं,’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले भने ।

प्रवक्ता न्यौपानेका अनुसार साउन १८ गतेदेखि चौथो युनिटबाट पनि परीक्षणको रूपमा विद्युत् उत्पादन शुरू भएको छ । चौथो युनिट सञ्चालनमा आएसँगै हाल राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट बिजुली प्रवाह भएको छ ।

यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते र तेस्रो युनिटबाट साउन ८ गतेदेखि सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै (६ ओटैं) युनिट सञ्चालनमा आउने आयोजनाले बताएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सबै युनिट सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button