No Image Headlineखबर फटाफटदेश
कसीमा कार्यदल : बुझाउला त प्रतिवेदन ?

काठमाडौं- सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।



यसअघि मंगलबार दुई पटक बैठक बसे पनि सफल भएको थिएन । त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले आजसमम प्रतिवेदन बुझाइसक्न कार्यदललाई निर्देशन दिएको थियो ।



कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको भन्दै बुधबार कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीबार मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।



कार्यदलले समय लम्ब्याउँदै गए पनि न्यूनतम साझा कार्यक्रम, आचार संहिता तथा सरकार सञ्चालन कार्यविधि तयार पार्न सकेको छैन ।