अर्थखबर फटाफट

सामलिङ पावरको आईपीओ स्थगित

काठमाडौं- सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ स्थगित भएको छ ।

कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो । यसअघि इलाममा कोभिड संक्रमणलाई रोक्न साउन १८ गनेसम्म जारी भएको निषेधाज्ञा साउन २५ गतेसम्म लागू गरिएकाले आईपीओ निष्कासन प्रकृया हाललाई स्थगित गरिएको हो ।

परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी सार्वजनि निष्कासन तथा विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button