खबर फटाफटप्रदेश

चट्याङ लागेर बालकको मृत्यु

Thrill Factory
Rungta Group

बैतडी– चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेका बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशुल रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button