अर्थमुख्य खबरविशेष

दाना उद्योगको अन्तरकथा : उत्पादनमा आत्मनिर्भर, कच्चा पदार्थमा परनिर्भर

Thrill Factory
Rungta Group

वीरगञ्ज-नेपाल कुखुरा तथा पशुदाना उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । तर, अहिले पनि दानामा प्रयोग हुने अधिकांश कच्चा पदार्थको आपूर्ति भने आयातको भरका धानिएको छ ।

विगत २ दशकको अवधिका नेपालका यस्ता उद्योगको ३ दर्जन पुगिसकेको छ । ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यसको ब्याकवार्ड र फर्वाड इन्टिगेसनलाई समे जोड्ने हो भने यो उद्यममा लगानीमात्रै १ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ ।

उद्योगमा लगानी र प्रतिस्पर्धा बढे पनि अहिले अधिकांश कच्चा र सहायक कच्चा पदार्थको आपूर्ति भने आयातकै भरमा चलेको ओम चावोविरो फिड उद्योगका सञ्चालक सुरेश रुङ्गटा बताउँछन् ।

‘उत्पादनमा आत्मनिर्भर भए पनि अधिकांश दाना उत्पादक कच्चा पदार्थको आपूर्तिमा अझै पनि आयातको भरमा रहेको छ,’ उद्योगी रुङ्गटा बताउँछन् ‘दाना उत्पादनमा चाहिने मकै र भटमासको पिनाको अधिकांश परिमाण भारत तथा तेस्रो मुलुकबाट आयात भइरहेको छ ।’

दानामा उत्पानदमा प्रयोग हुने विभिन्न केमिकल आयातकै भरमा चलेको छ । नेपालमा पहिलो पटक कुखरा दानाको व्यावसायिक उत्पादन गरेको प्रोबायोटेक प्रालिका अध्यक्ष जगदीशप्रसाद अग्रवाल एउटा दाना उद्योगमा स्थिर र चालू पूँजी गरी कम्तीमा १ अर्ब रुपैयाँ लाग्ने बताउँछन् ।

नेपालमा कुखुराजन्य व्यवसाय विस्तार भएसँगै दानाको खपत ह्वात्तै बढेको उद्योगी रुङ्गटाको अनुभव छ । ‘अहिले कुखुरा दानाको बजारमात्रै वार्षिक १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । वर्षमा १८ देखि २० लाख मेट्रिकटन दाना खपत हुन्छ,’ सञ्चालक रुङ्गटाले भने ।

पशु र पन्छीको दाना र यससँग जोडिएका अन्य उद्योगलाईसमेट्दा लगानी १ खर्बभन्दा माथि जाने अनुमान अग्रवालको छ । शुरूमा कुखुराको दाना बनाएका उद्योगले पशु आहारसमेत उत्पादन गर्न थालेका छन् ।

कच्चा पदार्र्थका लागि कति उद्योगले भटमासको पिनासमेत आफैं उत्पादन गरेका छन् । कच्चा पदार्थको आयातमा विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था र तिनको कार्यान्वयनमा बेथितिले लागत बढाएको गुनासो पनि उद्योगीले गरेका छन् ।

पशुसेवा विभाग, खाद्य तथा गुण नियन्त्रण विभाग र नाकास्थित तिनका कार्यालयमा अनुमतिका लागि अनपेक्षित समय लागेको आयातकर्ता बताउँछन् । अनुमतिका नाममा हुने विलम्व र दृष्य/अदृष्य खर्चले उत्पादनको लागत बढेको आयातकर्ताले बताउँछन् ।
नाकामा आइसकेको ट्रक भन्सारबाट छुटाउन कम्तीमा ४ देखि ५ दिन अतिरिक्त समय लाग्ने उद्यमीहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button