देशमुख्य खबर

यस्तो छ सवा ५ करोड डोज खोप भित्र्याउने सरकारी योजना

Thrill Factory
Rungta Group

काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए ।

२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित भएको बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले कोभ्याक्सअन्तर्गत १ करोड ५० लाख खोप नेपाल आउने तय भएकोमा ४० लाखको प्रक्रिया अघि बढेको बताए । यसैगरी, जापानबाट १६ लाख अस्ट्राजेनेका, चीनबाट खरीद गरेर बाँकी रहेको १० लाखसहित २६ लाख र भारतबाट खरीद गरेर आउन बाँकी रहेको १० लाख कोभिशिल्ड र विभिन्न दातृ निकायको सहयोगमा अमेरिकाबाट १ लाख १० हजार गरी २ करोडभन्दा बढी खोप असोजसम्ममा नेपाल आउने पक्का भएको जानकारी उनले दिए ।

फाइजरको ६० लाख र अन्य गरी ३ करोड २३ लाख खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा ५ करोडभन्दा बढी खोप आइपुग्ने जानकारी गराए ।

बालबालिकालाई लक्षित फाइजरको ६० हजार डोज खोप खरीदको प्रक्रिया अघि बढेको उनले बताए ।

उनले चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएकोमा त्यसअनुसार प्रक्रिया अघि बढाएको भन्दै २०७८ भित्र सबै नेपालीले खोप पाउने दाबी गरे । खोप खरीदकै लागि सरकारले एशियाली बैंकसँग १ सय ६५ मिलियन अमेरिकी डलर ऋण सहायता पनि लिन लागेको जानकारी गराए ।

भारत सरकारको सहयोगमा गतवर्ष माघ दोस्रो सातादेखि नेपालमा कोभिशिल्डबाट खोप अभियान शुरू गरिएको थियो । तर, पछि भारतले खरीद गरेकै खोप पनि दिन नसकेपछि खोप अभियान प्रभावित भएको थियो । अहिले पनि १३ लाख ४८ हजार जनाले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको छ । जापानबाट २ सातामा अस्ट्राजेनेका खोप आउने पक्का भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई उक्त खोप दिइने बताएका छन् ।

तेस्रो लहरको संक्रमण रोक्न विशेष रणनीति र कार्ययोजना बनाइरहेको जानकारी गराउँदै उनले देशभर आईसीयू, एचडीयू, भेन्टिलेटर र अक्सिजनको उचित व्यवस्थापनका लागि काम अघि बढाइसकेको दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button