No Image Headlineअर्थ

चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रवार आउने

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाल राष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति अगामी शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आवको शुक्रवार ल्याउने गरी तयारी भइरहेको सञ्चारमाध्यमलाई बताएका हुन् ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएको भन्दै राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताएका थिए ।

चालू आर्थिक वर्ष शुरु भएको यतिका दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन नसकेको भन्दै अर्थ विज्ञहरुले यथाशक्य चाँडो मौद्रिक नीति ल्याउन यसअघि सुझाव दिइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button