अर्थ

लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

Thrill Factory
Rungta Group

काठमाडौं  । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ६ अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक ३ हजार ८५ दशमलव शून्य ७ विन्दुमा पुगेको हो । योदिन २२६ ओटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयरको १ लाख ५ हजार ५७९ पटकमा रू.१० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ बराबरको शेयर खरीदविक्री भएको छ ।

यो दिन अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ । कारोबारमा आएका ती कम्पनीहरु मध्ये दुई ओटा कम्पनीको शेयरमूल्यमा सकनरात्मक सर्किट लागेको छ ।

यो दिन गुँरास लघुवित्त वित्तीय संस्था र  घलेम्दी हाइड्रोको  शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राम्रो मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गर्न थालेपछि लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण भएको हो ।

यो दिन फर्स्ट  माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ ।

ती दुबै कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । घलेम्दी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. ४२४ दशमलव ७० र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ११५ दशमलव ४० पुगेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button