No Image Headlineखबर फटाफटदेश
मेलम्ची खानेपानी आयोजना अनिश्चित

काठमाडौं -आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ ।



असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्याएपछि मेलम्ची खानेपानी विकास समितिको निष्कर्ष थियो, सडक विभाग र नेपाली सेनाले सघाएमा माघ–फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सकिन्छ ।



असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो ।



सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् ।