No Image Headlineदेश

जेठ महिनायता बाढीपहिरोमा ६६ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-गत जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएका छन् । घटनामा ८१ जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभा बैठकमा यो जानकारी दिएका हुन् ।

सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् । बिभिन्न ४० जिल्लामा ६१९ घर पूर्णरुपमा र १६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले जानकारी दिए ।

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए ।

३३८ घर पूर्णरुपमा क्षति भएको छ भने ७ वटा पुल, १४ वटा झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button