No Image Headlineअर्थमुख्य खबरविशेष

निर्यात व्यापारमा तेलको भरथेग :३८ अर्बको प्रशोधित तेल भारत निकासी

Thrill Factory
Rungta Group

कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर स्वदेशका उद्योगले प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । पौडेलका अनुसार गत आवमा वीरगञ्जबाट भटमासको तेल १ लाख ९७ हजार ३२६ टन र सूर्यमुखी तेल १० हजार ८६७ टन निर्यात भएको छ । यो परिमाण अघिल्लो समीक्षा आव २०७६/७७ को तुलनामा उल्लेख्य बढी हो ।

उक्त वर्ष वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेल ६१ हजार ५५० टनमात्र निर्यात भएको थियो । सूर्यमुखी तेलको निकासी परिमाण ४२० टनमा सीमित थियो । त्यसअघि निकासी व्यापारमा पाम आयलको वर्चस्व रहेकोमा भारतले आयातमा प्रतिबन्ध लगाइदिएपछि उद्योगीहरूले विकल्पमा भटमास र सूर्यमुखीको तेल रोजेका थिए ।

गतवर्ष निकासी भएको भटमासको तेलको मूल्य अघिल्लो वर्षको तुलनामा ३३७ प्रतिशत बढी हो । गत आवमा बारा र पर्साका उद्योगले ३६ अर्ब रुपैयाँबराबरको भटमासको तेल र करीब २ अर्ब रुपैयाँको सूर्यमुखी प्रशोधित तेल भारत पठाएका छन् ।

भारतले पाम आयलमा लगाएको प्रतिबन्ध हटाएकाले चालू आवमा तेल निकासी अझ बढ्ने ओसीबी फुडका सञ्चालक सुरेश रूंगटा बताउँछन् । भारतले पाम तेलको आयातमा १ वर्षअघि लगाएको प्रतिबन्ध १ महीनाअघि हटाएको थियो ।

२०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो । भारतले आगामी डिसेम्बरसम्मका लागि पाम आयात खोलेपछि वीरगञ्ज नाकाबाट निकासी शुरू भएको भन्सारले बताएको छ । नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा तेल प्रशोधन गरी भारत निकासी गर्छन् । भारत सरकारले तेल आयातमा उच्च दरको सीमा शुल्क तोकेको छ । नेपाली आयातकर्तालाई तेस्रो मुलुकबाट कच्चा तेल भित्र्याउँदा १० प्रतिशत भन्सार महसुल तिरे पुग्छ । नेपाली उद्योगले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)अन्तर्गतको सुविधामा शून्य भन्सारमा निकासी गर्न पाउँछन् । यही महसुल अन्तरले नेपालबाट तेल निकासी सम्भव भएको उद्योगीहरू बताउँछन् । वीरगञ्ज र विराटनगरका १९ उद्योगले भारततर्फ प्रशोधित तेल निर्यात गर्दै आएका छन् ।अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button