No Image Headlineदेश

एमालेको विधान महाधिवेशन भदौ २७ मा

Thrill Factory
Rungta Group

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल बनाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेल, विधान संंशोधन मस्यौदाका लागि सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

यी प्रस्तावहरुलाई अन्तिम रुप दिन आगामी हप्ता केन्द्रीय कमिटीको बैठक आयोजना गरिने ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साउन २४ गते केन्द्रीय कमिटीकोबैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

पोखरेलले पार्टीलाई एकताका लागि प्रयास जारी रहेको बताए । त्यस्तै महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको बताए । स्थायी कमिटी बैठक सोमबार ३ बजे पुनः बस्ने छ ।

दार्चुला घटनामा सरकारको ध्यानाकर्षण

दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पनि एमालेले माग गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button