
काठमाडौं -नेपालमा विगत २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ८ हजार ४०२ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ९८१ जना र ४ हजार २३४ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ५८७ जना गरी कुल २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



सो अवधिमा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।



आइतवार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । यसैगरी हालसम्म ६ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेको छ जसमध्ये २८ हजार ६३ जना होम आईसोलेशनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आईसोलेशनमा रहेका छन् । यसैगरी संक्रमितमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५९४ जना, झापामा २०७ जना, कास्की जिल्लामा २०४, मोरङ जिल्लामा १९२ जना र ललितपुर जिल्लामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।