खबर फटाफटप्रदेश

झापामा फेरि निषेधाज्ञा, नाकाबाट प्रवेश गर्ने नेपालीको अभिलेख राखिने

Thrill Factory
Rungta Group

झापा-कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापामा फेरि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आइतबारदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाए । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए ।

छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइए पनि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।

जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोशनमा दुई हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button