अन्तराष्ट्रिय

तालिबान लडाकू र अफगान सेनाबीच भिडन्त

Thrill Factory
Rungta Group

काठमाडौंं- तालिबान लडाकू र अफगान सरकारी सेनाबीच अफगानिस्तानका प्रमुख तीन शहर कब्जामा लिन भिडन्त जारी छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरहरु हेरात, लश्कर गाह र कान्दाहर शहरमा भिडन्त भइरहेको बीबीसीले जनाएको छ । ती शहरलाई सरकारी सेनाको नियन्त्रणबाट आफ्नो कब्जामा लिन तालिबानले आक्रमण तीब्र पारेको समाचारमा जनाइएको छ ।

अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र पारेको छ भने शहरी क्षेत्रमा पनि आक्रमण गरिरहेको छ ।

तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button