No Image Headlineदेश

जसपामा शक्ति संघर्ष-उपेन्द्रको वर्चश्व, निरीह महन्थ

Thrill Factory
Rungta Group

काठमाडौं-निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता पनि चुनिएका छन् ।

पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए । महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

यता पार्टीको आधिकारिकता खोसिएको महन्थ ठाकुर पक्षले तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको छ ।

आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ ।

भावी रणनीति तयार गर्न दुई दिन ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकमा पार्टी गठन गर्ने वा नगर्ने विषयमा बृहत् छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । निर्वाचन आयोगको आदेशअनुसार नै आफूहरू जसपामै रहेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पनि ठाकुर पक्षले विपक्षमा मतदान गरेपछि स्वतः जसपामा नरहेको पुष्टि भएको दाबी गरे । निर्वाचन आयोगले पनि दल गर्दा गराउन भनेको छ, त्यही भएर ठाकुर पक्ष जसपामा नरहेको उनले बताए ।

यता, ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनल भन्छन्, ‘विवाद पुरानो कार्यकारिणी समिति कि हेरफेर गरिएको नयाँ कार्यकारिणी समिति राख्नेमा थियो । निर्वाचन आयोगले पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको छ । यसले ठाकुर पक्षका नेताहरू नरहेको कुराको पुष्टि हुँदैन । कानुनसम्मत रूपमा ठाकुर पक्षका कार्यकारिणी सदस्यहरू पनि जसपामा रहेको देखिएको छ ।’

ठाकुर पक्षले नयाँ पार्टी गठन नगरे पनि नयाँ सङ्गठनको अभ्यास भने गर्ने भएको छ । सो पक्षले पार्टीभित्रको विवादलाई लिएर जनतामा जाने र त्यहाँ आफ्नो कुरा राख्दै सङ्गठनलाई समेट्ने कार्य पनि गर्ने सो समूहको रणनीति रहेको छ ।

उपेन्द्र यादवले पनि कारबाही गर्न सकिरहेको छैनन् । पहिला पनि पार्टीबाट निष्कासन गरे पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । फेरि के कारण देखाउँदै कारबाही गर्ने भन्ने यादव पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button