No Image Headlineदेश

कोरोनाका सक्रिय संक्रमित ३१ हजार: तेस्रो लहर आउनसक्ने चेतावनी

Thrill Factory
Rungta Group

काठमाडौं- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

विगत केही दिनयता कोरोना संक्रमण बढेको छ । निषेधाज्ञा खुकुलो भएका बेला सतर्कताका मापदण्ड पालनामा लापरवाही भएकाले संक्रमण बढेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यस्तै अवस्था रहेमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी ती अधिकारीहरुको छ ।

यसैबीच २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ९ हजार २६३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ ओटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

२४ घण्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button