स्वास्थ्य/जिवनशैली

गर्दनको दुखाइ निको पार्ने ४ व्यायाम

Thrill Factory
Rungta Group

व्यस्तता, भागदौड र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ हड्डी खिएर, नसा च्यापिएर, कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ ।

यस्तो अवस्थामा गर्दनका मांसपेसीलाई बलियो बनाउन निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ। यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

व्यायाम १

दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने । ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम २

दुबै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने । ढाड कम्मर गर्दन सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम ३

देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने । पूर्ववत अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतिर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम ४

दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने । पूर्ववत अवस्थामै बस्नुहोस् र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतिर ठेल्नुहोस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

यी सबै व्यायामलाई पाँच पटक दोहराउनूहोस् । डा. हेमराज कोइराला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button