
चितवन-उद्योग वाणिज्य संघ चितवनमा आवद्ध १ हजार १०० जना उद्योगी तथा व्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् ।



संघको परिसरमा शनिवार उनीहरुलाई व्यवसायीलाई कोरोना खोप लगाइएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भएपछि निजी क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रहि काम गर्दै आएको बताए ।



खोपबीना उद्योग व्यवसाय गर्न जोखिम रहेको भन्दै व्यापार व्यवसायले पनि गतिलिन नसकेको उनले बताए । आगामी दिनमा छुटेका उद्योगी व्यवसायील पनि खोप उपलब्ध गराउन संघ अगाडि बढ्ने भन्दै उनले खोप लगाएपछि उद्योगी व्यवसायीमा अलग्गै उर्जा थपिने उनले बताए ।


