अमेजनमाथि तथ्यांक दुरुपयोगको अभियोगः ईयुले तोक्यो साढे ८८ करोड डलर जरीवाना
ब्रसेल्स – अमेरिकी अनलाइन कम्पनी अमेजनलाई यूरोपेली संघ )ईयू) ले तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको अभियोगमा ८८ दशमलव ६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।
त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्यांक सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखाने गरी व्यक्तिगत तथ्यांकलाई छनोट गरेको दाबी गरेको छ ।
अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने बताएको छ ।
लक्जेम्बर्गको तथ्यांक सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भए पनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।
अमेजनका प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
उनले कुनै तथ्यांकको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको पनि छैन भनेका छन् ।उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताए ।