अर्थ

वीउवासङ्घद्वारा थप तीन समिति विस्तार

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेको छ । विस्तारित समितिमा आई.सि.पी./आई.सि.डी. समन्वय समिति, भवन निर्माण तथा वहाल व्यवस्थापन समिति र स्थानीय कर समिति रहेका छन् ।

आई.सि.पी./आई.सि.डी. समन्वय समितिको संयोजकमा सुशान्त चाचान, भवन निर्माण तथा बहाल व्यवस्थापन समितिका संयोजक दीपककुमार टिवडेवाल तथा स्थानीय कर समितिको संयोजकमा सुरेशकुमार रुँगटा मनोनयन भएका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताए । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताए ।

समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको संयोजक मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आपूmहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव अरविन्द्र अमात्यको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button