अर्थ

राष्ट्रिय गौरवको द्रुतमार्ग: भौतिक प्रगति १६ प्रतिशत

Thrill Factory
Rungta Group

काठमाडौं -राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०७७/ ७८ मा कुल विनियोजित रकमको ९७ दशमलव ३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आवमा ८ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक प्रगति ९७ दशमलव ३५ प्रतिशत भएको जानकारी दिए ।

उनले आव २०७६/ ७७ सम्म समष्टिगत भौतिक प्रगति ११ दशमलव ११ प्रतिशत रहेकोमा गत आवमा आयोजनाको कुल कार्य अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भएको बताए ।

उनका अनुसार आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६ दशमलव १० प्रतिशत प्रगति हासिल भएको छ ।

अयोजनाको स्वीकृत डीपीआर अनुसार १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेकोमा आयोजनाको शुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको पनि उनले बताए ।आयोजनाको हालसम्मको भौतिक प्रगति १६ दशमलव १० रहेको उनले बताए ।

द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२ दशमलव ५ किलोमिटरमध्ये तीन ओटा सुरुङ मार्गको लम्बाई ६ दशमलव ४१ किलोमटिर, विभिन्न पुलहरुको लम्बाई १० दशमलव ५९ किलोमिटर र सडक खण्डको लम्बाई ५५ दशमलव ५ किलोमिटर छ ।

आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४ दशमलव १ किलोमिटर सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्नेरपुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button