खबर फटाफटप्रदेश

तुइनबाट महाकालीमा नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता छैन : भारतीय अधिकारी

धनगढी-महाकाली नदीमा तुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र लेखेर एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

भारतीय अधिकारीले युवक तुइन तर्न नसकेर आफैं खसेको र बाहिर आएजस्तो एसएसबीको संलग्नता नभएको दाबी गरेका छन् । भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो, ’ पत्रमा उल्लेख भएको कुरा बताउँदै प्रजिअ जोशीले भने, ‘तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि स्थानीय प्रशासनले शुक्रबार भारतीय एसडीम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button