No Image Headlineप्रदेश

बहुमतको सरकार गठनका लागि बाटो खुला गर्न विपक्षी दलको माग

Thrill Factory
Rungta Group

बुटवल– लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले बहुमतको सरकार गठनको बाटो खोल्न माग गरेका छन् । विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेर यस्तो माग गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमतको नँया सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

भेटवार्तामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वका सरकार अल्पमतमा रहेकाले यसलाई विघटन गरी बहुमतको सरकार गठनका लागि बाटो खोल्न आग्रह गरेका छन् ।

आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जना बहुमत सांसदको समर्थन रहेको र अहिलेको सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा नेपालका संसदीय दलका नेता तारा जिसीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र बुझाउँदै चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button