No Image Headlineदेश

एकताका लागि प्रयास गर्न एमाले स्थायी कमिटी बैठक स्थगित

Thrill Factory
Rungta Group

काठमाडौँ– एकताको लागि थप पहल गर्न भन्दै पार्टी अध्यक्ष केपी ओलीले बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

शनिबारको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका बारेमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराएपछि आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

बैठकपछि नेता नेम्वाङले अरु कुनै पनि एजेण्डामाथि छलफल नभएको जानकारी दिए । उनले पार्टी एकता जोगाउनका लागि शनिबार समेत विघटित कार्य दलमा रहेका स्थायी कमिटी सदस्यहरुका बीचमा छलफल भएको र पार्टी एकता जोगाउन निरन्तर छलफल गरिरहेको बताए ।

शनिबार बिहान सिंहदरबारमा कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । त्यसपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेको नेता नेम्वाङले जानकारी दिए ।

पार्टीलाई एकताबद्ध गर्न निरन्तर छलफल गरिरहेको भन्दै उनले भने, ‘भीम रावल लगायतका नेताहरु माधवकुमार नेपालसँग कुरा गर्नका लागि त्यता लाग्नुभएको छ । अहिले पनि नथाकिकन पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ ।’

यसअघि आजै बिहान मात्रै एमालेले बनाएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button