खबर फटाफटप्रदेश

साथी हत्याको आरोपमा वीरगञ्जमा ३ जना पक्राउ

Thrill Factory
Rungta Group

वीरगञ्ज- आफ्नै साथीको हत्यामा संलग्न भएको अरोपमा वीरगञ्जमा ३ जना पक्राउ परेका छन् । एक जना फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका राहुल महर्जन, विक्की भनिने दीप लामा  र तामाङ बारा फेटा गाउँपालिका वडा नं.३ को धनञ्जय रजक छन् ।

भारत बिहार पूर्वी चम्पारण मोतीहारीमन हरवि सर्राफ भने घटनालगत्तै भागेको प्रहरीले बताएको छ ।

उनीहरुले राहुल महर्जनको चिनजानको साथी सर्लाही लालबन्दी १ घर भई काठमाण्डौँको गोंगबु बस्ने वर्ष २७ कको सुजन भन्ने ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाएर हत्या गरेको आरोप लागेको छ । पाख्रिन यही साउन १३ गते साँझ आफ्ना दुई जना साथीहरूसहित बीरगञ्ज आइपुगेका थिए ।

सबै जना दीप लामा तामाङको खाली घरमा मादक पदार्थ सेवन गरेर बसेको प्रहरीले बताएको छ । १४ गते बिहान साढे १ बजेतिर अभियुक्तहरुले अन्य २ जनालाई त्यही छोडेर पाख्रिनलाई बीयर किन्ने बहानामा बाहिर लगेर हत्या गरेको भेटिएको छ ।

उनीहरुले स्थानीय रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेर घाँटी अठ्याई ज्यान लिएको भेटिएको खनालले बताए ।

पाख्रिनले लगाएको सुनको सिक्री, औँठी, घडी र नगद १० हजार हत्यापछि लुटिएको र लुटको धनमाल लिएर रवि सर्राफ फरार भएको प्रहरीको भनाइ छ । नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले अन्य ३ जनालाई नियन्त्रणमा लिई कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले बताको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button